'छोरीलाई म जस्तै प्रहरी बनाउनुहोस, कलिलो उमेरमा बिहे गर्नु के को हतार ?'

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 05, 2019 | 10:06:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाल विवाह कानुनी अपराध भएकाले यस्तो अपराध गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आफुहरु सक्षम भएको बताए। 

रौतहट जिल्ला सदमुकाम प्रहरी कार्यालय गौरको व्यारक फिल्डमा शुक्रवार आयोजित बाल विवाह विरुद्धको वृहद संकल्पसभामा  महानिरीक्षक खनालले स्थानीय भाषामा सम्बोधन गर्दै कलिलो उमेरमा छोरीलाई विहे गर्दा विभिन्न समस्या हुने गरेको र उनीहरु आफनो काम कर्त्यब्यबोध नहुँदा कष्टकर जिवन व्यतित गर्नु परेको बताए ।

कलिलो उमेरको छोरीलाई विहे गर्नु केको हतार हो ? उनीहरुको शारिरीक, मानसिक, बौधिक क्षमतामा विकास भएपछि मात्रै २० बर्ष पारी छोरीको विहे गर्दा राम्रो हुने स्पष्ट पारे। बाल बिवाह गर्ने र गराउने दुवैलाई कडा रुपमा कानुनी कार्यवाही गर्ने चेतावनी दिए ।

बालबिवाह कानुनी अपराध मात्र होईन, धार्मिक,संस्कृतिक,शारिरिक आर्थिक मान्सिक सबैको बिरुद्ध भएको प्रस्टयाएका छन । प्रदेश नम्वर २ मा लागु गरीएको बेटी बचाउ बेटी पढाउ अभियानको सराहना गर्दै उनले बेटी ठुलो सम्पती भएको र बेटीले आर्जन गरेको शिक्षा त्यो भन्दा पनि ठुलो सम्पती भएको बिचार प्रकट गरे ।

नेपाल प्रहरी प्रमरख महानिरिक्षक खनालले २० बर्ष सम्म छोरीको पढने र खेल्ने उमेर भएको बताउदै छोरीलाई डाक्टर, ईन्जिनियर मात्रै नभई म जस्तै प्रहरी बनाउन सबै अभिभावकसंग आग्रह गरे। प्रदेश २ मा बालबिवाह गर्ने गराउने र दाईजो लिने दिने लाई कानुनी दायरामा ल्याउन प्रदेश २ का सबै जिल्लाका प्रहरीलाई निर्देशन दिएको बताए । आफु जागि सेवा निवृत्त भएपछि बाल बिवाहको अन्त र दाईथो प्रथा उन्मुलन गर्ने अभियानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved