सरकारलाई कमल थापाको चेतावनी: अल्पसंख्यक रिझाउन बहुसंख्यकमाथिको अपमान महँगो पर्ला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2019 | 11:57:53 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले सार्वजनिक बिदाको बिषयलाई लिएर तिब्र असन्तुष्टि जनाएका छन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र गृह मन्त्रालयले सरकारलाई दिएको थप बिदाको सुचिमा एकता दिवस नपरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन। 

क्रिसमसदेखि मुस्लिम समुदायलाई समेटेको यो प्रस्तावमा पुस २७ गते पर्ने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नपरेको भन्दै अध्यक्ष थापाले सरकार पूर्वाग्रही भएको आरोप लगाएका छन। 

उनले सामाजिक संजाल ट्वीटर मार्फत सरकारलाई अल्पसंख्यक रिझाउने नाममा बहुसंख्यकमाथिको अपमानको मूल्य महंगो पर्ने चेतावनी दिएका छन। 'ईसाई र मुस्लिमधर्मका संस्थापकको जन्मदिनमा बिदादिंदा कृष्णजन्माष्टमी र रामनवमीलाई उपेक्षा गरियो।यो पक्षपात/पुर्वाग्रह स्विकार्य छैन।अल्पसंख्यक रिझाउने नाममा बहुसंख्यकमाथिको अपमानको मूल्य महंगो पर्नेछ।चेतना भया' उनले लेखेका छन।  


संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र गृह मन्त्रालयले थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका छन्। सम्भवतः अब बस्ने क्याविनेट बैठकले प्रस्ताव पारित गर्नेछ। यो प्रस्तावमा पुस २७ गते पर्ने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस उल्लेख छैन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved