पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन कलाकारको माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2019 | 12:26:31 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र गृह मन्त्रालयले यसअघि दिइदै आएको सार्वजनिक बिदालाई २०७६ सालमा समेट्नुपर्ने प्रस्ताब मन्त्रिपरिषदमा पठाएका छन्। तर उक्त प्रस्ताबमा पुस २७ गते पर्ने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस उल्लेख छैन्।

सरकारले नेपालका राष्ट्रनिर्माता मानिने पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा दिनुपर्ने जनस्तरबाट दबाब बढेको छ। कलाकार र राजनीतिक दल पनि राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिएर मनाउनुपर्नेमा जोड दिइरहेका छन्।        

यसैक्रममा कलाकार दिपकराज गिरीले पृथ्वी जयन्ती लोकतन्त्र दिवस जस्तै महत्वपूर्ण रहेको भन्दै सार्वजनिक विदा दिनुपर्ने जिकिर गरेका छन्। ‘काटिएका बिदा थप्ने निर्णय सही। तर लोकतन्त्र दिवसजस्तै महत्वपूर्ण दिवस हो पृथ्वी जयन्ती। देश छ र त लोकतन्त्र छ...। पोहोर काटिएका सबै यथावत राखिनु राम्रो’, उनले फेसबुकमार्फत सुझावसहितको प्रतिक्रिया दिएका छन्। 

प्रस्तावित विदाकाे सूचीः


त्यस्तै, पत्रकार मात्रिका दाहालले लेखेका छन्, ‘नेपालका राष्ट्रनिर्माता (पृथ्वीनारायण शाह) को जन्मदिन (पुस २७)मा विदा नदिने सरकारले पराइ (मुस्लिम र इसाइ धर्मका नेता)को जन्मदिनमा विदा प्रस्ताव देशमाथि यो भन्दा भद्दामजाक अरू के हुन सक्ला र?’ 

यसअघि राप्रपाले पुस २७ मा सार्वजनिक विदा दिन र राष्ट्रिय एकता दिवस औपचारिक रुपमा मनाउन सरकारसँग माग गरेको थियो। अध्यक्ष कमल थापाले देश निर्माण गर्ने पुर्खालाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रस्तावित विदा सूचीमा पृथ्वी जयन्तीलाई पनि समावेश गर्न आग्रह गरेका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved