'रेलको टिकट खुल्छ, पानीजहाज चढ्न पनि पाइन्छ, ढुक्क हुनुस्'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 02:39:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानिजहाजको बिषयमा धैर्य हुन आग्रह गरेका छन। सामाजिक संजालमा रेलको टिकट कहिले खुल्छ भन्ने ब्यङ्गबारे सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले रेल र पानीजहाजको काम अगाडि बढिसकेकाले यसमा धैर्य हुन अनरोध गरेका हुन्।

'केही मानिसले कागजको पानीजहाज र खेलौना रेल बनाएर मजाक उडाए, रेलको टिकट कहिले खुल्छ पानीजहाज कहिले चढ्न पाइन्छ भनेर पनि सोधे' प्रधानमन्त्री ओलीले भने,' रेलको टिकट खुल्छ, पानीजहाज पनि चड्न पाइन्छ ढुक्क हुनुस्।' 

प्रधानमन्त्री ओलीले सरकारले यस बर्षको कार्यभार देशको संसरचनात्कम व्यवस्थापनमा लगाएको समेत बताए। 'नीति तथा कार्यक्रम प्रस्तुत गरेको होइन साथीहरूले खोइ सरकार भन्नु'भो त्यसैले सरकारले गरेका कामको बारेमा भनिरहेको छु' उनले भने।  कुल बैदेशिक सहायता बढ्नुका साथै उद्योगहरू, बैंकिङ क्षेत्रको कुन निक्षेप र नयाँ परियोजनाहरू पनि बढेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved