निर्मलालाई न्याय सडकको अराजक भिडले होइन, यही सरकारले दिन्छ : प्रधानमन्त्री ओली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 02:47:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई छिट्टै न्याय दिने बताएका छन। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई सडकको भिडले नभई सरकारले न्याय दिने बताए। 

प्रधानमन्त्री ओलीले अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने नभई सरकारले दिने बताए।

‘अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने दिने होइन । सरकारले दिन्छ ।’, प्रधानमन्त्रीले भने, ‘त्यसको नेतृत्व मैले गरिरहेको छु । ढुक्क भए हुन्छ । हामी त्यो काम पूरा गर्नेछौँ ।’ 

अपराध अनुसन्धानका मामिलामा प्रहरीले ९६ प्रतिशत मुद्धामा सफलता पाएको उल्लेख गर्दै उनले  केही घटना मात्रै अपवादको रुपमा रहेको बताए।अपवादका घटना पनि टुंगोमा पुर्याउने गरी काम भइरहेको भन्दै ओलीले त्यही अपवादलाई आम घटनाको रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृत्रिम परिस्थिति सिर्जना गर्ने अनुचित प्रयास गरेको प्रति आफूलाई दुःख लागेको ओलीले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved