वाइडबडी अनियमिततामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 11:12:23 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा भएको घोटलामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् । मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले वाइडबडी खरिदमा भएको अनियमितताको छानबिन निष्पक्ष भएर गर्न समेत आग्रह गरे ।
मन्त्री अधिकारीले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पहिला भएको निर्णयलाई कार्यान्वयन मात्रै गरेको बताएका छन् । ‘मैले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको हुँ,’ उनले भने, ‘मैले समय तालिका परिवर्तन गर्न मिलेन र भुक्तानी नदिएको भए बैना दिएको पैसा डुब्ने र विमान पनि नेपाल नआउने अवस्था थियो ।’ उनले छानबिनलाई सघाउन आफू तयार रहेको पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved