काठमाडौँ सहित देशका विभिन्न स्थानमा हिउँ पर्यो, तापक्रम अझै घट्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 11:26:28 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका खासगरी उच्च पहाडी भेगहरूमा आइतवारदेखि सामान्य वर्षा र हिमपात हुने क्रम सुरु भएको छ।काठमाडौंको चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहान हिमपात भएको छ । त्यस्तै पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा पनि हिमपात भएको छ। 

मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावका कारण नेपालको पश्चिमदेखि पूर्वसम्मकै आकास यतिबेला बादलले ढाकेको छ र त्यो क्रम मंगलवारसम्म नै जारी रहने सम्भावना छ। विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्, "सोमवार दिउँसोदेखि पश्चिमबाट खुल्न सक्छ। पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सर्ने क्रम अहिले जारी छ।" उनका अनुसार पश्चिम वायुको प्रभाव नेपाली आकासबाट सम्भवत मंगलवार साँझपछि हट्न सक्छ र त्यसपछि आकास फेरि खुल्न सक्छ।

मौसम विज्ञान विभागका अनुसार काठमाण्डूको न्यूनतम तापक्रम आइतवार एक डिग्री सेल्सियसमा झरेको थियो भने त्यो सोमवार ६ डिग्रीमा रहेको छ र त्यो अझै घट्न सक्छ। हिमाली जिल्लाहरूमा तापक्रम निकै घटेको छ। जुम्लाको न्यूनतम तापक्रम आइतवार माइनस २ डिग्रीमा थियो भने अधिकतम ८ डिग्री मात्र थियो। जोमसोममा न्यूनतम माइनस १ डिग्री थियो भने अधिकतम ८ डिग्री रहेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved