बहालवाला र पूर्व पर्यटन मन्त्रीलाई कारबाही गर्न सिफारिस, गृहसचिवलाई सफाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 01:27:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा अनियमिता भएको ठहर गर्दै पर्यटन मन्त्री रबिन्द्र अधिकारीलाई कारबाहीको लागि सिफारिस गरेको छ  । समितिको आज बसेको बैठकले  विमानको खरिद प्रक्रियाबारे अध्ययन गर्न गठित उपसिमितले तयार पारेकाे प्रतिवेदन  संशाेधन सहित पारित गरेको हो । प्रतिवेदन पारित गर्दै समितिले अधिकारी सहित दुई पूर्वपर्यटन मन्त्रीहरुलाई कारबाही गर्न सिफारिस गरेको हो । 

उपसिमितले तयार पारेकाे प्रतिवेदनले तत्कालिनसंस्कृति, पर्यटन तथा नागरिक उड्ययनसचिव प्रेमकुमार राईलाई कारबाहीका लागि सिफारिस गरेकोमा समितिले त्यसमा संशोधन गर्दै उनलाई सफाई दिने उल्लेख गरेकाे छ। राईले दिएका सबै सूचनाका आधारमा विमान खरिद प्रकरणमा उनको कुनै संलग्नता नरहेको देखिएको समितिको ठहर छ । 

 समितिले हालका पर्यटन मन्त्री रविन्द्र अधिकारी र तत्कालीन मन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले सार्वजनिक खरिद ऐन विपरित विमान खरिद अगाडि बढ्दा पनि सतर्कता नअपनाएकोले नैतिक जिम्मेवारी र बदनियत देखिएकाे कारणले कारबाही सिफारिस गरिएकाेमा त्यसमा संशोधन गर्दै कानुन सम्मत कारवाहीका लागि सरकार र अख्तियारलाई निर्देशन दिने निर्णय गरेको हो ।

आज नै मन्त्री अधिकारीले खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । 

समितिले निगम संचालक समितिका सदस्य सचिव तथा महाप्रबन्धक भई पुरानो विमान खरिद गर्ने प्रक्रिया बढाइ प्रमुख भूमिका खेलेको देखिएकाले महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी कारबाही बढाउन निर्देशन दिएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved