रेशम चौधरी थुनामै रहने, सर्वोच्चद्वारा तल्लो अदालतको आदेश सदर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 05:06:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई थुनामै रहने भएका छन् । आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए । तर सर्वोच्चले उनलाई रिहा गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको छ ।
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाको सदस्यका रुपमा उनले बिहिबार शपथ लिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved