आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 05:34:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार १८ करोड भन्दा बढीको बिगो माग दाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । 

खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित अख्तियारले  मुद्दा दायर गरेको हो। उनले अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफत गर्न अख्तियारले माग गरेको छ ।  

सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved