‘सरकार विप्रेषणको आधारमा देश चलाउने पक्षमा छैन’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 06:45:57 PM मा प्रकाशित

laxmi  sunrise bank

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार विप्रेषण मात्र भित्र्याएर देश चलाउने पक्षमा नरहेको बताएका छ । शहीद लखन गाउँपालिका–९ नाम्जुङमा भूकम्पपछि पुनःनिर्माण गरिएको जनशक्ति माध्यमिक विद्याालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अहिलेको शिक्षाले युवालाई रोजगारीको समस्याले खाडी मुलुक जानुपर्ने बाध्यता रहेकोमा चिन्ता व्यक्त गरे । उनले अब सरकारले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने बताए  । 

“युवा जनशक्तिलाई खाडी मुलुकमा पठाउने र देशमा विप्रेषणका मात्र भित्र्याएर देश समृद्ध बन्न सक्दैन”, मन्त्री पोखरेलले भने , “अब हामीले विद्यालय शिक्षा सकेर निस्कँदा उनीहरुले एउटा पेशा व्यवसाय गर्न सक्ने खालको जनशक्ति तयार गर्नु जरुरी छ ।” गूणस्तरिय शिक्षाका लागि शिक्षकले पार्टी र टे«ड युनियनको सदस्यता त्याग्नुपर्नेमा उनले जोड दिए  । मन्त्री पोखरलले सरकारले आगामी फागुन २१ गतेभित्र सङ्घीय शिक्षा नीति ल्याइसक्ने जानकारी गराए   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved