आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 08:35:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन। पौडेललाई पुष २२ को मन्त्रिपरिषदको बैठकले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। 

निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले पौडेल सहित तारानाथ पौडेल र अनिलकुमार झाको नाम मन्त्रालयलाई सिफारिस गरेको थियो। 

निगमको कार्यकारी निर्देशक हुनुपुर्व पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए। निगममा निर्देशक बन्ने निश्चित भएसंगै उनले सोमबारमात्रै त्यहाँबाट राजिनामा दिएका हुन। चार्टड एकाउन्टेन्ट समेत रहेका पौडेलले उदयपुर सिमेन्ट कारखानामा हुँदा गरेको कामलाई आधार मानेर उनलाई निगममा ल्याइएको बताइएको छ।     



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved