प्रधानमन्त्रीको तथ्यांकलाई 'झुटो' भन्ने मिडिया नै गलत !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 09:21:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पुष २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकारले १० महिनामा गरेको कामको प्रगति विवरण सुनाए। संसदमा पेश भएका तथ्यांक लगभग सबै गलत भएको भन्दै केहि मिडियाले प्रधानमन्त्री ओलीको चर्चको आलोचना गरे। मिडियामा आएका समाचारलाई आधार मानेर सर्वसाधारणले समेत सामाजिक संजाल मार्फत सरकारले झुटो बोलेको प्रतिकृया दिए।

प्रधानमन्त्री ओलीले आफुले पेश गरेको तथ्यांकबारे बजारको चर्चालाई सम्बोधन गर्दै ओलीले संसदमा उल्लेख गरेका तथ्यांकहरु सही भएको दोहोर्याएका छन्। नेपाल चेम्बर अफ कमर्सको ६८औ बार्षिक साधारणसभामा बोल्दै उनले आफुले प्रस्तुत गरेको तथ्यांक तथ्यमा आधारित भएको बताए। 

प्रधानमन्त्री ओलीले न्यूरोडमा पिँजडामा राखेको सुगाले खाम निकालेर दिएको जसरी बोलेको नभई तथ्यमा आधारित भएर बोलेको बताए। उनले जति विद्युत निकालेको छ त्यति नै बोलेको र जति स्कुल खोलेको छ त्यति नै उल्लेख गरेको बताए।  

संगसंगै अर्थतन्त्रको बागडोर सम्हालेको अर्थमन्त्रालयले प्रधानमन्त्री ओलीले संसदमा पेश गरेको तथ्यांक सत्य भएको दाबि गरेको छ।  केहि मिडियाहरुले पुरानो र बासि तथ्यांक देखाएर झुटको खेति गर्न खोजेको भन्ने आशयमा अर्थमन्त्रालयले तथ्यांक नै सार्वजनिक गरि प्रधानमन्त्री ओलीको बचाउ गरेको छ। 

मिडियाहरुको नजरमा प्रधानमन्त्री कहाँ चिफ्लिए ?

पूँजीगत खर्चबारे 

प्रधानमन्त्री ओलीले संसदलाई ५ महिनाको अवधिमा पूँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत भएको जानकारी दिए। तर महालेखा नियन्त्रकको तथ्यांक देखाएर मिडियाहरुले ओलीले पेश गरेको तथ्यांक गलत भएको दाबि गरे। मिडियाहरुकाअनुसार यो वर्ष शनिबारसम्म १५.४३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको देखिन्छ । गत वर्ष यही अवधिमा पूँजीगत खर्च १२.९३ प्रतिशत थियो ।

तर अर्थमन्त्रालयकाअनुसार मिडियाहरुले पेश गरेको तथ्यांक नै गलत देखिएको छ। अर्थका अनुसार मिडियाहरुले राष्ट्र बैंकले पेश गरेको पहिलो ४ महिनाको तथ्यांकलाई आधार मानेर समाचार सम्प्रेशन भयो। तर चालु आर्थिक बर्षको पहिलो ५ महिनामा पुँजीगत खर्च ७ प्रतिशतले वृद्धि भएको  र पुँजीगत खर्च प्रधानमन्त्री ओलीले संसदमा भनेझै  २५.३३ नै भएको अर्थको तथ्यांकले देखाएको छ।

महालेखाकै तथ्यांकलाई हेर्दा पनि पुँजीगत खर्च २५।३३ प्रतिशतले भएको भन्ने प्रधानमन्त्रीको भनाई सत्य साबित हुन्छ। तथापि केहि मिडियाले चालु बर्षको पुँजीगत खर्च १५।४३ प्रतिशतलाई आधार मानेर प्रधानमन्त्री ओलीले संसदमा पेश गरेको पुँजीगत खर्च वृद्धिको तथ्यांकलाई गलत भनेर पाठकलाई भ्रममा पारेका छन। 

महालेखाको तथ्यांक अनुसार १२.३१ प्रतिशत रहेको खर्च २०७५-०९-२१ मा १५.४३ प्रतिशत छ। यस हिसाबले २५.३५ प्रतिशतकै बृद्धिदर देखिन्छ। जसले प्रधानमन्त्रीले संसदमा पेश गरेको तथांक सहि भएको पुष्टि गर्छ।   

मुल्य वृद्धि

प्रधानमन्त्री ओलीले संसदमा गतबर्षको तुलनामा मुल्य वृद्धि घटेको बताए। तर मिडियाहरुले नेपाल राष्ट्र बैंकको तथांकलाई आधार मानेर मुल्यवृद्धि दर बढेर ४.२ प्रतिशत पुगेको लेखे। 

यता अर्थका अनुसार पहिलो ५ महिनामा प्रधानमन्त्री ओलीले भनेझै मुल्य वृद्धि घटेर ३.७ प्रतिशतमा झरेको छ। गत आर्थिक बर्षको यस अवधिमा मुल्य वृद्धि ४।२ प्रतिशत रहेकोमा अहिले उक्त दर घटेर ३।७ प्रतिशतमा आइपुगेको हो।

रेमिट्यान्समा वृद्धि 

प्रधानमन्त्री ओलीले बैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि रेमिट्यान्समा वृद्धि भएको तथ्यांक संसदमा पेश गरे। तर मिडियाहरुले यो तथ्य पनि गलत भएको भन्दै समाचार सम्प्रेषण गरे। 

यता अर्थले आर्थिक तथा औद्योगिक क्रियाकलापमा क्रमशः वृद्धि हुदै गएको कारणवाट समेत वैदेशिक रोजगारीमा जानेको संख्या चालू आर्थिक वर्षको पहिलो ४ महिनामा अघिल्लो बर्षको सोही अबधिको तुलानामा ‍४४१।२ प्रतिशतले घटेपनी सोही अवधिमा विप्रेषण आयमा ३६ प्रतिशतले वृद्धि भएको तथ्य पेश गरेको छ। प्रशासनिक नियमन तथा वैकिङ्ग च्यानलको बढदो प्रयोगको कारणले पनि यो वृद्धि कायम भएको अर्थको दाबि छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved