कांग्रेस सांसदद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 08:37:42 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् । सडक सुरक्षासम्बन्धी प्रस्तावको समर्थकमा काङ्ग्रेसका सांसदद्वय सञ्जयकुमार गौतम र रङ्गमती शाही रहेका छन् । 

सडक सुरक्षाको व्यवस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका वाहनलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान, शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्तालाई सुरक्षित पार्न र दुर्घटनापश्चात्को उद्धार र स्याहारको व्यवस्थापन गर्न उक्त विषयमा छलफल गर्नुपर्ने निवेदनमा उल्लेख छ । 

साथै राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यले तोकेको सडकजन्य दुर्घटना न्यूनीकरण गर्न, सरकारले तयार गरेको राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणका लागि सुरक्षित तुल्याउन सो विषयमा छलफल गर्नुपर्ने जनाइएको छ । 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा ४० हजार ७७७ दुर्घटना भएका थिए । जसमा आठ हजार ९८२ जनाको मृत्यु भएको थियो । यसको मूल कारण नेपालमा एक लाख सवारीका साधन हुँदाका बखत र सडक सञ्जालको सीमित लम्बाइ भएको बेलामा तर्जुमा गरेका कानूनलाई अद्यावधिक गर्न नसक्नु पनि एक मुख्य कारण भएको सूचनामा उल्लेख छ । 

करीब २६ वर्षअघि बनाइएको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र २० वर्ष अघि बनाइएको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ का आधारमा नेपालको यातायात व्यवस्थापन भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved