अन्तत: डा केसीको माग बिपरित चिकित्सा विधेयक पारित, कांग्रेसको असहमति कायमै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 11:32:51 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले विधयेक पारित गरेको हो । बैठकमा उपस्थित १८ सांसद मध्ये १४ सांसदले विधयेकको पक्षमा र ४ सांसदले विपक्षमा मतदान गरेका थिए । गगन थापा सहित बिपक्षी दलका सांसदले विपक्षमा मतदान गरेका हुन् । विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित उपसमितिले आइतबार बुझाएको प्रतिवेदन समितिले  हुबहु पारित गरेको हो । 

डा. गोविन्द केसीको माग समाबेश नगरी समितिले विधयेक पारित गरेको हो । केसीको १५ औ अनसनको क्रममा भएको सहमति बिपरित बिधेयक पारित भएको हो।  आफू र सरकारबीच भएको सम्झौता पूर्ण पालना नभए पुन अनसन बस्ने चेतावनी केसीले दिइसकेका छन्। उनी अनसनको लागि इलाम पुगीसकेका छन्  ।

गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो। आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका २२ बुँदामा त्यतिबेला सहमति भएको थियो। बिधेयकमा उनका माग समावेश भएका छैनन् ।  

'डा केसी कै कारण दुर्गममा पनि मेडिकल कलेज खोल्ने बाटो रोकियो' काउन्सिल अध्यक्षको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved