सरकारको पैसाले निर्मलाको परिवारमा झगडा, बुवा यज्ञराजले दिए आत्महत्याको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 02:11:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरी १३ वर्षीया किशोरी निर्मला पन्तका परिवारलाई सरकारले दिएको राहतमा विवाद उत्पन्न भएको छ । निर्मलाको परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ राहत राहत रकम सहयोग गर्ने घोषणा गरेका थिए । तर उनीहरुले हालसम्म राहत बुझेका छैनन् ।

निर्मलाकी आमाले आफ्ना बाँकी दुई छोरीको भविष्यको लागि सरकारले दिने भनेको राहत बुझ्ने बताएपछि परिवारमा विवाद उत्पन्न भएको हो । निर्मलाका बुवा यज्ञराज पन्तले भने सरकारले दिएको राहत रकम बुझे दुर्गादेवीकै घरमा गएर आत्महत्या गर्ने चेतावनी दिएका छन् । यज्ञराजले सडकमै सबैको अगाडि दुर्गादेवीलाई धम्की दिएको भिडियो सार्वजनिक भएको छ । यज्ञराजले कान्छी श्रीमतीको रुपमा लक्ष्मी भट्टलाई भित्र्याएपछि १२ वर्षदेखि छुट्टै घरमा बस्दै आएका थिए ।

स्थानीयका अनुसार कान्छी आमा र बावुले राहत रकममा भाग खोजेपछि विवाद चुलिएको हो । यज्ञराजकी कान्छी श्रीमती लक्ष्मिले भने राहत रकममा आफूहरुले कुनै भाग नखोजेको तर न्याय नपाएसम्म राहत बुझ्दैनौं भनको बताईन ।

निर्मलाकी आमा दुर्गाले डिएनए म्याचका लागि रगत दिएकि थिईन् । निर्मलाकी आमा दुर्गाले प्रहरीमा निवेदन दिएर निर्मलाकै योनीबाट भेजाइनल स्वाब निकालिएको हो वा होइन भनी यकिन गर्नका लागि रगतको नमुना दिएकी थिइन् । यसमा यज्ञराज र लक्ष्मीले घरपरिवारसँग सल्लाह नै नगरी रगत दिएको आरोप लगाएका छन् । निर्मलाकी आमा दुर्गाले न्याय पर्खिंदा–पर्खिंदा आफ्ना दुई छोरीमाथि पनि अन्याय हुनेस्थित आउनसक्ने भन्दै सरकराले दिने भनेको राहत बुझेर दुई छोरीको भविष्य बनाउने बताएकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved