गगन थापा छायाँ सरकारका अर्थ मन्त्री !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 04:11:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका नेता गगन थापाले छायाँ सरकार बनाउने कुरा नौलो नभएको बताएका छन् । उनले यसलाई छायाँ सरकारको रुपमा नभई छायाँ मन्त्रिमण्डलको रुपमा लिईदिन आग्रह गरेका हुन् ।  

वेस्टमिनिस्टर प्रणाली भएको जुन सुकै देशमा पनि प्रतिपक्षले यस्तो अभ्यास गर्ने गरेको उनले दाबी गरे । नेपाल मै पनि २०४८ सालमा तत्कालिन नेकपा एमालेले छायाँ सरकारको अभ्यास गरेको बताए ।  यस्तो अभ्यासले प्रतिपक्षीलाई थप जिम्मेवार बनाउने उनको दाबी छ ।  

थापाले छायाँ मन्त्रीमण्डल गठन गरेर मन्त्रालयगत रुपमा जिम्मेवारी बाँडफांड गर्दा त्यस व्यक्तिले मन्त्रालयबाट हुने नीतिगत कुरामा थप आध्ययन गर्ने, त्यस बारे बिशेष जानकारी राख्ने र उसले अन्यलाई समत जानकारी गराउने भएकोले यो सिकाईको क्रम पनि भएको बताए ।  हाल पार्टीमा छायाँ मन्त्रिमण्डलमा रहनेहरुले ३-३ मन्त्रालयको जिम्मा लिने गरी छलफल सुरु भएको उनले बताए ।  यद्यपि यसबारे अन्तिम टुंगो लागि नसकेको थापाको भनाई थियो । 

मन्त्रालयको बाँडफांड छिट्टै हुने बताउदै उनले आफुले पार्टीमा स्वास्थ्य बाहेकको मन्त्रालयको प्रस्ताव गरेको बताए ।  स्वास्थ्य मन्त्री हुँदा नै यस सम्बन्धमा धेरै सिकेकोले अब आफुले अन्य कुनै मन्त्रालय चाहेको उनले बताए ।  उनले अर्थ मन्त्रालय र कृषि मन्त्रालयमा आफ्नो इच्छा रहेको पनि बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved