बमजनको आश्रमबाट २ पक्राउ, आश्रममा खैलाबैला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 08:52:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिवार बिहानै 'लिटल बुद्ध'का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा पुग्दा उनका अनुयायी तथा अन्य केही सहयोगीहरू प्रहरीको बाटो हेरेर बसिरहेका थिए। उनीहरू प्रहरीले माग गरेअनुसार आश्रममा बस्दै आएका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्र जुटाउँदै थिए। बुधवार अपराह्न प्रहरीको टोलीले आश्रमको निरीक्षण गरेर कागपत्र देखाउन भनेको थियो।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्यामकृष्ण केसीको टोली आश्रम पुग्नेबित्तिकै बिभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्न थाल्यो। न्यून सङ्ख्यामा रहेका विदेशीहरू पनि प्रहरी आउने भनेपछि सतर्क देखिन्थे। बोधी धर्म श्रवण सङ्घका स्थानीय प्रतिनिधि तथा बमजनका अनुयायीको अनुमान‍विपरीत आश्रममा बस्ने दुई जनालाई प्रहरीले थप अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय लग्यो। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि आश्रममा खैलाबैला मच्चियो।

प्रहरी अनुसन्धानमा सघाउन तत्पर रहेको बेला पनि प्रहरीले एकाबिहानै ध्यानमा बसेका दुई जनालाई नियन्त्रणमा लिएको भन्दै अन्य अनुयायीले प्रहरीकै नियतप्रति आशङ्का व्यक्त गरे। प्रहरीको कदमबाट रिसाएका उनीहरूले प्रहरीले ज्यादती गरेको बताए। नाम नबताउने शर्तमा बमजनका एक अनुयायीले भने, "विभिन्न स्थानमा बेपत्ता बनाइएको भनिएका व्यक्तिलाई चिनेको वा सम्बन्ध रहेको भनेको भएर प्रहरीले उनीहरूलाई सोधपुछका लागि लगेको हुनसक्छ।"

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सिन्धुपाल्चोकबाट समेत खटिएको टोलीलाई अनुसन्धानमा सघाउन आश्रमका दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved