फिदा हुसेन हत्यामा संलग्न सार्बजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 09:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । 

फिदा हुसेनको हत्याको मुख्य योजनाकार मानिएका दुहबी नगरपालिका–९ छाताबेलीका २८ वर्षीय मोहम्मद सकिम हुसेन, हत्याको योजनामा संलग्न तथा सहयोगी ३१ वर्षीय मोहमद जाविर हुसेन र हत्यामा प्रयोग भएको हतियार लुकाउनका लागि सहयोग गरेका लक्ष्मीनारायण मन्दिरका पुजारी दुहबी नगरपालिका–१२ सीतापुर बस्ने विशम्वर यादवलाई पक्राउ गरी सार्वजनिक गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । 

मोहम्मद सकिम हुसेनलाई घर नजिकै हिँडिरहेका अवस्थामा पक्राउ गरिएको थियो र जाविर हुसेनलाई कोशी गाउँपालिका–८ भण्टाबारीबाट र लक्ष्मीनारायण मन्दिरका पुजारी यादवलाई घरबाट बुधबार पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए  । त्यसैगरी हत्या गरेकोमध्ये एक जना मुसरी भने दुहबी नगरपालिका– ९ का २२ वर्षीय जफर मियाँलाई बाँकै प्रहरीको सहयोगमा पक्राउ गरी सुनसरी ल्याई रहेको सुनसरीका प्रहरी उपरीक्षक अधिकारीले बताए  । पक्राउ परेकाको बयानका आधारमा फिदाको हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल खोकासहितको एक थान, सोमा लाग्ने गोली दुई थान र डाइगर (चक्कु) एक थानसमेत बरामद गरेको प्रहरीले जनाएको छ । 

हत्यापछि दुहबी नगरपालिका–१२ मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नरिवलको बोट नजिक गाडेर राखेको अवस्थामा हतियार बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक अधिकारीले बताए । हत्यामा संलग्न पक्राउपश्चात् बयानका क्रममा हत्या सुनियोजित र रिसइवीका साथै आर्थिक लेनदेनका कारण भएको खुलेको सुनसरीका प्रहरी प्रमुख अधिकारीले बताए  । हत्यामा अन्यको समेत संलग्नताको आशङ्कामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीमा चार दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । हुसेनलाई मङ्सिर ५ गते बिहान प्रात भ्रमणका क्रममा जयबाबा इँटा उद्योग नजिकैको नहरको डिलमा गोली हानी हत्या गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved