सेर्कु शेर्पाद्धारा लिखित ‘शेर्पा समुदायको मौलिक पहिचान’ नामक पुस्तक विमोचन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2019 | 06:09:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सेर्कु शेर्पाद्धारा लिखित पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’  विमोचन भएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा साहित्यकार महेश पौड्यालले पुस्तकको विमोचन गरे । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव समेत रहेका शेर्पाले लेखेको यो पहिलो कृति हो ।

शेर्पा समुदायमाथि रहेर लिखित पुस्तक विमोचन कार्यक्रम सेरनिमा प्रतिष्ठान नेपालले आयोजना गरेको हो । लामो समय शेर्पा समुदायको बारेमा अध्ययन गरिरहेका सेर्कु शेर्पा ‘शेर्पा भाषा’को प्रशिक्षक समेत हुन् ।

उनका अनुसार शेर्पा समुदायलाई विश्वमा चिनिएपनि नि शेर्पा समुदायको लिखित दस्तावेज कम भएकोले आगामी दिनमा शेर्पा समुदायको बारेमा अध्ययन गर्नेहरुका लागी पुस्तक सन्दर्भ सामग्री बन्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved