मन्त्रीलाई 'हरामीको बच्चा' भन्दै यसरी भिड्न खोजे सचिव (एक्सक्लुशिभ भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2019 | 11:08:43 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवमाथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ । मन्त्री यादवको नजीकको संस्था कार्यक्रमका लागि छनोटमा नपरेको हुँदा उनले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाएका हुन् । सचिव झाले भने , “उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुन लागेको गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)का लागि गैरसरकारी संस्थालाई छनोट गर्नुपर्ने प्रारम्भिक सूचीमा मन्त्री यादव नजिकको संस्था नपरेकाले उनले आफ्नो कार्यकक्षमा बोलाएर मेरो गालामा झापड हान्नुभयो ।” सचिव झाले आफूले लगेको फाइल र डायरीसमेत मन्त्री यादबले खोसेको आरोप लगाए  । 

सङ्घीय सरकारले ससर्त अनुदानअन्तर्गत गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालनका लागि १९३ गैरसरकारी संस्थाले मन्त्रालयमा आशय पत्र दिएका थिए । त्यसमा ४० संस्था छनोट भएको थियो । मन्त्री यादवले आफ्नो नजिकको संस्थालाई छनोट गरिदिनका लागि दबाब दिँदा आफूले नमानेको र ती संस्था छनोट सूचीमा नपरेका कारण उनले मलाई कुटपिट गरेको सचिव झाको भनाइ छ । 

कुटपिटपछि आक्रोशित भएका झाले मन्त्री यादवलाई अपशब्द प्रयोग गर्दै गाली गलौज गरेका छन् । साथै उनले मन्त्रीलाई 'हरामीका बच्चा' भन्दै मन्त्रीको टुपी उखेलिदिने बताएका छन् ।  

हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved