हुण्डी कारोबार गर्ने सहकारीका अध्यक्ष सहित ३ पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 09:00:46 AM मा प्रकाशित

laxmi  sunrise bank

 हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा बिराटनगर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले रु ६९ लाख ५७ हजार ६०० समेत बरामद गरेको छ । 

विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोवारमा भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए  । 

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका इटहरीस्थित राजश्व अनुसन्धान विभागमा पठाइने पनि उनले बताए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved