वाईडबडिमा माहुरीले आक्रमण गरेपछि......

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 09:03:11 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार पाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान माहुरीको आक्रमणमा परेको छ । काठमाडौंबाट दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरको विमानमा यात्रु ओराल्ने बेला माहुरीहरुले आक्रमण गरेका हुन ।  एकाएक विमानको दायाँ  पखेटामा माहुरी भरिएका हुन्  ।

यात्रुहरु साझे ओर्लिए पनि कार्गोको ढोका खोलेर सामान झार्न लागेका कामदार भने माहुरीको आक्रमणमा परे। गाडी चलाइरहेका बेलोडरलाई माहुरीले टोकेपछि एयरपोर्टको सेफ्टी विभागका कर्मचारीले माहुरी नियन्त्रण लिन जहाज घेराबन्दी गरेका थिए ।माहुरीको टोकाइबाट जोगिने पोसाकसहित रासायनिक औषधि बोकेर सेफ्टीका कर्मचारी खटिए । अन्य विमानबाट टाढै राखेर माहुरी नियन्त्रण गर्ने योजना बनाइयो। रानीले आफ्नो स्थान लिएपछि सबै माहुरी विमानमा एकढिक्का भएर बसे। ग्राउन्ड ह्यान्डलिङ गर्ने ग्लोबल ग्राउन्ड इन्डियाका कर्मचारीले कार्गो कम्पार्टमेन्टबाट सामान झिक्ने र राख्ने काम सकेर कार्गो ढोका बन्द गरे। जहाजलाई पार्किङ क्षेत्रबाट टयाक्सी–वेमा पु¥याइयो। माहुरीहरू इन्जिनबाट निस्केको हावाको वेगले उड्न थाले। माहुरी भागेपछि रिमोट पार्किङमा लैजानुपर्ने झन्झट ट¥यो।

यदि माहुरीको गोला पखेटाबाट नउडेको भए जहाज समयमै उड्ने थिएन, समस्या आइपर्ने थियो। तर पनि माहुरीकै कारण विमान ४० मिनेट ढिलो भयो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved