६ लाखमा नेपाली युवती बेच्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 09:19:49 AM मा प्रकाशित

laxmi  sunrise bank

राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर नेपाली युवती बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ। आर्थिक प्रलोभन देखाएर युवतीलाई भारतको बेश्यालयमा प्रति युवती ६ लाख रुपैयाँमा बिक्रि गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंजको अनुसार अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो। राईलाई धनकुटे रोडमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कारबाही अगाडि बढाईएको ब्युरो प्रवक्ता तथा प्र.उ. उमा प्रसाद चतुर्वेदीले बताइन।     

अभियुक्त राईले विभिन्न क्षेत्रका टिन एजका युवतीलाई भारतमा राम्रो काम पाइने र दुःखबाट मुक्ति हुने भन्दै वेश्यालयमा लगेर बिक्रीवितरण गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved