देशभरको मौसम बदली, पानी पर्ने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 01:55:23 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताईन । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको उनले बताईन । 

उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । 
राति आकाशमा बादल लागेकाले पृथ्वीबाट बाहिरिने तापक्रमलाई बादलले रोक्ने भएकाले न्यूनतम तापक्रम नघटेको मौसामविद् कँडेलले बताईन   । उनका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने छ । “माघ महीना भर्खर शुरु भएकाले अझै तापक्रम घट्ने सम्भावना छ ”, उनले भनिन । 

देशको मध्य तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । राति देशभरि नै बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साथै उच्च हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 
शुक्रबार देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । त्यस्तेै शनिबार उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved