काभ्रेको पनौतीमा ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 05:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको पनौती नगरपालिकाले ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सुत्केरी भत्तास्वरूप प्रतिभैँसी पाँच हजार दिएको हो ।

नगरपालिकाले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्ता समेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ समेत पुगेका छन् । उनका अनुसार कृषकले भैँसीको सुत्केरी भत्ता लिन अनिवार्य रूपमा बीमा गरिएको हुनुपर्नेछ । जन्मदर्ता भएका पाडीको स्याहार गरी सोही पाडी सुत्केरी भएपछि पालनपोषण स्वरूप कृषकले २० हजार भत्ता पाउने तथा पहिलो बेतमा ब्याएका भैँसीलाई पाँच हजार र दोस्रो बेतदेखि दुई हजारका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ ।

नगरपालिकामा चालू आवको साउनदेखि हालसम्म सुत्केरी भत्ताका लागि १०७ वटा माग फारम भरिएका छन् । यसमध्ये ५५ वटा पहिलो बेतका सुत्केरी भैँसीका फारम हुन् । नगरमा हाल चार हजार ६४७ भैँसी छन । नगरले तीन वर्षमा १० हजारभन्दा बढी भैँसी पुयाउने लक्ष्य राखेको छ । नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved