३३ किलो सुनकाण्डमा संलग्न न्यायधीश कारबाहीमा, इतिहासमै पहिलो घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 08:26:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराले पुर्वप्रतिबद्धता अनुसार न्यायपालिका शुद्धिकरण अभियान सुरु गरेका छन। न्यायालयमा शुद्धिकरण अभियान चलाउने प्रतिबद्धता जनाएका प्रधानन्यायधीश जबराले उच्च अदालत विराटनगरका ५ न्यायधीशलाई कारबाही गरेका हुन। 

साढे ३३ किलो सुनकाण्डमा पक्राउ परि मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएका भन्दै प्रधानन्यायधीश जबराले उनीहरुलाइ कारबाही गरेका हुन् । 

गलत नियतले न्याय सम्पादन गर्ने गरेको भेटिएपछि उनीहरुलाई सामुहिक रुपमा न्यायपरिषद सचिवालयमा तानिएको छ। कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरु यति ठूलो संख्यामा एकैपटक कारबाहीमा परेको यो पहिलो घटना हो ।

साढे ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालतले जिल्ला अदालतको निर्णय उल्टाउँदै उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । 

प्रधान न्यायाधीशको सपथ ग्रहणपछि कार्यभार सम्हाल्दै चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई प्राथामिकतामा राखी तीब्रता दिने बताएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved