कर्मचारी सञ्चयकोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 09:24:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चयकोषको अध्यक्षमा शिशिरकुमार ढुंगानालाई नियुक्त भएका छन। पुस २९ गते बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।   

पछिल्लो समयमा प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सम्हालिरहेका ढुंगाना त्यसअघि राजश्व सचिव थिए।

त्यस्तै सरकारले आउँदो चैतको दोस्रो साता १५ र १६ गते लगानी सम्मेलन गर्ने भएको छ। त्यस्तै बैठकले पाल्पा र दैलेखको ग्यास अन्वेषण गर्ने निर्णय पनि गरेको छ भने प्रहरी नियामावली २०७५ स्वीकृत गरेको छ । यो नियमावली स्वीकृत भएसँगै प्रहरीलाई बढुवा हुन ४ बर्षे सेवा घट्दै ३ बर्ष कायम भएको छ ।

सरकारले सुर्खेतको वीरेन्द्रनगरमा शितभण्डार निर्माण गर्न स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ  भने रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको मन्त्री बास्कोटाले जानकारी दिए ।   . 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved