डा केसीलाई रातारात काठमाडौँ ल्याईयो, स्वास्थ्य अवस्था गम्भीर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 08:37:08 AM मा प्रकाशित

laxmi  sunrise bank

इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीलाई रातारात काठमाडौँ ल्याईएको छ  । बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । सोहि अनुसार उनलाई काठमाडौँ ल्याईएको हो  । 

उनलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट सेनाको नाइटभिजनले काठमाडौं ल्याएको हो । उनलाई ४ बजे त्रिवी शिक्षण अस्पतक भर्ना गरिएको छ  । 

उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अईसियुमा उपचार भईरहेको उनका सहयोगीहरुले बताएका छन्  ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved