छोराको सम्झनामा धारो र बाटो निर्माण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2019 | 06:22:00 PM मा प्रकाशित

laxmi  sunrise bank

दुर्घटनामा परी निधन भएका छोराको स्मृतिमा बागलुङ जिल्लाको एक परिवारले सार्वजनिक धारो र गोरेटो बाटो निर्माण गरिदिएका छन् । बागलुङ नगरपालिका–३ खहरे निवासी बुवा दुर्गाबहादुर खत्री र आमा गौराकुमारी खत्रीसहित उहाँको परिवारले स्व छोरा हिराबहादुर खत्रीको स्मृतिमा गाउँमा उक्त कार्य गरेका हुन् । 

विसं २०३९ चैतमा जन्मिएका हिराबहादुर खत्रीको १६ वर्षकोे उमेरमा २०५५ जेठ १७ गते दुर्घटनामा परी निधन भएको थियो । स्व खत्रीका भाइ भीमबहादुर खत्री, बुहारी सावित्री खत्री, भतिज भोजराज खत्री, बहिनी धनमाया खड्का र भीमा खत्रीसहितले रु ९७ हजार ७५१ खर्च गरेर धारा र बाटो बनाएका हुन् । 

खहरेका करीब २० परिवारले खानेपानी र सरसफाइका लागि प्रयोग गर्ने उक्त धारो निर्माणका लागि स्थानीय हिराबहादुर कार्की र उजेली कार्कीको परिवारले निःशुल्क जग्गा उपलब्ध गराएको थियो । उक्त धारो र गोरेटो बाटोको सङ्घीय सांसद मनकुमारी केसीले शुक्रबार उद्घाटन गरे। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved