पत्रकार ढकालका हत्या आरोपी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2019 | 06:46:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी प्रहरीले आज दुई जनालाई सार्वजनिक गरेको छ। पक्राउपर्नेमा हेटौडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । आरोपीद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । 

त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीसँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved