कांग्रेसका पुर्वसभापति नेकपा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2019 | 06:55:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका पूर्वसभापति तथा सांसद तीर्थ भुसाल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा उनलाई अध्यक्ष दाहालले पार्टी प्रवेश गराएका हुन्।  

नेकपाको मुख्यालय धुम्बाराहीमा एक पत्रकार सम्मेलन गर्दै उनी पार्टी प्रवेश गरेको औपचारीक जानकारी दिइएको हो। पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भुसालले आफू पहिलेदेखि नै कम्युनिष्ट रहेको बताए । ‘तपाँईहरुलाई यो मान्छे भर्खर वामपन्थी बन्न लागेको छ भन्ने लाग्ला , त्यस्तो होइन म हिजोदेखि नै कम्युनिष्ट थिएँ ।’  ‘मलाई लाग्छ यो १२ साल तिरको कुरा हो । मेरो पिताजीले त्यतिबेलाका सामन्तवादीहरुको विरुद्धमा १ लाख पैंसठ्ठी हजार पर्ने तमसुक तोडाउनुभयो ।’ 

पार्टी प्रवेश कार्यक्रममा बोल्नै नेता भुसालले भने–‘मेरो परिवार हिजोदेखि नै सामन्तवादको विरुद्धमा परिवर्तनका लागि सामाजवादका लागि लड्दै आएको परिवार भएका कारणले र एउटा पार्टीमा लामो समय काम गरेर पनि मैले त्यहाँ जे देखें, र मेरो आदरणीय नेता विपी कोइरालाले आफूलाई तिमिले आफ्नो इतिहास आफैं बनाउनुपर्छ भनेका थिए ।’ यो देश बनाउनका लािग धेरै सरकारहरु नेपालमा बनेको भन्दै नेपाली जनताले चाहेको मुक्ति र आर्थीक परिर्वत हुन नसकेर अहिलेसम्मका सरकारहरु असफ बन्दै गएको उनले बaताए । 

जनताको मुक्ति र सामाजिक परिवर्तनका लागि नेकपाको महत्वपूर्ण भूमिका हुने उनले बताए । साथै उनले नेपाल निर्माणको अभियानमा सबैलाई साथ दिन आश्वान पनि गरेका छन् । नेताहरुले अफुलाई पार्टीमा हुन्जेल जुन जिम्मेवारी दिएपनि समाल्न तयार रहेको बताए । आफू जुन पार्टीम रहेपनि आफ्नो जिल्लामा क. नारायणकाजी श्रेष्ठ चितवन जाँदा पनि आफ्नो राजनीतिक परामर्श भइरहने गरेको उनले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved