'राजनीति गर्ने भए पत्रकारिता त्याग्नुहोस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 12:14:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पत्रकारले नेपालको विकासको पाटोलाई अगाडि बढाउन राजनीतिक कार्यकर्ता नभई पत्रकार भएर काम गर्नु पर्ने बताएका छन। 

मन्त्री बास्कोटाले कुनै पनि पेशामा आवद्धहरुले आफ्नो पेशालाई निरन्तरता दिनु पर्ने भन्दै राजनीति गर्ने भए राजनीतिलाई नै आत्मसाथ गरि सो पेशा परित्याग गर्न आग्रह गरे। 

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं साधारणसभाको उद्घाटन गर्दैै मन्त्री बाँस्कोटाले सरकारले पत्रकारका लागि प्रदान गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएरै छाड्ने बताएका छन। उनले सरकारले साना देखि ठूला सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको साथै सञ्चार माध्यममा काम गर्ने कर्मचारीहरुको समेत न्यूनतम पारिश्रमिक कायम भएरै छाड्ने बताए। 


     

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved