बाल यौन दुराचारी कोले पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 05:46:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले बाल यौन दुराचारमा संलग्न बेलायती नागरिक इयन रोवर्ट कोलेलाई पक्राउ गरेकोे छ । केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी कवित कटवालको नेतृत्वमा खटिएको टोलीले २०६६ देखि पटक–पटक नेपाल आएर बाल यौन दुराचारमा संलग्न कोलेलाई रविभवनस्थित सिजी डिजिटल अर्पाटमेन्टको पाँचौ तलाबाट तीन बालकसहित आइतबार बिहान ४ बजे नियन्त्रणमा लिएको हो । प्रहरी अनुसन्धानमा कोले तीन वर्षअघि मात्र बेलायतमा बाल यौन दुराचारको आरोपमा पक्राउ परेका थिए ।

२०६६ देखि लगातार १६ औं पटक नेपाल आएर आफूलाई लिफ्ट इन्जिनियर बताउने कोलेले धादिङका बालकहरुलाई आफ्नो दुराचारको शिकार बनाउँदै आएका थिए । उनी सिजी डिजिटलमा चार जना बस्ने भनेर अनलाइनमार्फत कोठा बुक गरेर एक जना डेबिट नाम गरेका साथीसँगै आएका थिए ।
‘‘अर्पाटमेन्टमा दैनिक १० जना बालकसहित बस्न थालेपछि शंका भएको हो’ ब्युरोका अधिकारीले भने ‘उनी बेलायतमा पनि कारबाहीमा परेका व्यक्ति हुन् ।’

उनी विरुद्ध बाल यौन दुराचार र अप्राकृतिक मैथुन अपराध मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved