अस्पतालको बिषयमा कुरा नमिल्दा कांग्रेसद्वारा संसद बैठक अवरोध (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 01:10:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधि सभा बैठक अबरोध गरेको छ । बैठक सुरु हुना साथ कांग्रेस नेताहरुले उठेर बिरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले कांग्रेस उपनेता विजय कुमार गच्छदारलाई बोल्न समय दिएका थिए । 

गच्छदारले तनहुँको जिपी कोइराला राष्ट्रिय श्‍वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दाबाहिर राख्ने सरकारको निर्णय सच्याउन माग गरे । उनले यो निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरे । उनले निर्णय नसच्चिएसम्म स‌सद् बैठक चल्न नदिने चेतावनी दिएका छन्।

गच्छदारले नेपाली कांग्रेसका नेताबाट ती अस्पतालको नाम राखिएकै कारण केन्द्र सरकारको माताहतबाट हटाएर अस्तित्व नै मेटाउन खोजेको आरोप लगाए। उनले भने ‘स्वास्थ्य मन्त्रालयले २०७५ पुस १९ गते स्वास्थ्य सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो। जसमा ११ वटा अस्पतालहरु उपचार केन्द्र स्वस्थ्य केन्द्रसँग सम्बन्धी प्रस्तावहरु पेस भएको थियो, अस्पतालहरु केन्द्र सरकार मै रहने गरीकन गठनादेशको निर्णयका निम्ति प्रस्तावहरु पठाइएको थियो। ती ११ प्रस्तावहरु मध्ये १० र ११ नम्बर प्रस्तावको कुनै निर्णय भएन।’

१० नम्बरमा जिपी कोइराला राष्ट्रिय स्वास्स प्रस्वास केन्द्र र ११ नम्बरमा सुशिल कोइराला क्यान्सर अस्पतालको प्रस्तावसँगै गएको भए पनि ९ वटा प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेको तर दुईवटा रोकेको भन्दै गच्छदारले सरकारले कांग्रेसको इतिहास मेट्न खोजेको आरोप लगाए । 

 हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved