डिभोर्सको मसि नसुक्दै रवि लामिछानेले गरे तेस्रो विवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 04:28:18 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित टेलिभिजनकर्मी रवि लामिछानेले विवाह गरेका छन्। केहि समयअगाडी पुर्वपत्नी ईशा लामिछानेसंग डिभोर्स गरेका रवीले आज सोमबार काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ता गराएका हुन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष रहेकी चलचित्रकर्मी निकिता पौडेलसंग विवाह गरेका हुन् । परम्परागत रुपमा आउदो बैशाखमा बिवाह गर्ने रवीले बताएका छन् ।





रवीले भनेका छन् 'यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद।'

रवीकी पुर्वपत्नी इशाले रवीले यस अघि २ पटक विवाह गरेको दाबी गरेकी थिइन् । इशाले रवीलाई चौथो प्रेम र तेस्रो विवाहको लागि शुभकामना समेत दिएकी थिइन् ।


यो पनि : 

रबि लामिछानेलाई चौथो प्रेम र तेस्रो विवाहको लागि शुभकामना !



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved