प्रधानन्यायाधीशको बोल्ड कदम: ३३ किलो सुनप्रकरणमा उच्च अदालतका मुख्य न्यायधीश नै कारबाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 08:04:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराले पुर्वप्रतिबद्धता अनुसार न्यायपालिका शुद्धिकरण अभियान सुरु गरेका छन। न्यायालयमा शुद्धिकरण अभियान चलाउने प्रतिबद्धता जनाएका प्रधानन्यायधीश जबराले उच्च अदालत विराटनगरका मुख्य न्यायधीशलाई नै कारबाही गरेका छन्  ।

सोमबार बसेको न्यायपरिषदको बैठकले बिराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा.कूलरत्न भुर्तेललाई कारबाही गर्दै न्यायपरिषदमा तानेको हो  । यस अघि बिराटनगर उच्च अदालतका ५ न्यायधीशलाई न्यायपरिषदमा तानिएको थियो। साढे ३३ किलो सुनकाण्डमा पक्राउ परि मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएका भन्दै प्रधानन्यायधीश चोलेन्द्र जबराले यस अघि नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्यायपरिषद तानेका थिए । न्यायधीसपछि आज मुख्य न्यायधीश नै कारबाहीमा परेका हुन्  ।  उच्च अदालतका मुख्य न्यायधीश सहित यति धेरै न्यायाधीशहरु एकैपटक कारबाहीमा परेको यो पहिलो घटना हो । 

न्यायपरिषदले बिराटनगर उच्च अदालतको सुन काण्ड सम्बन्धी छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मा सर्वोच्चका न्यायाधीश इश्वर खतिवडालाई दिएको छ । त्यस्तै मलेसियाको भीसा प्रकरणमा ललितपुर जिल्ला अदालतका गडबडीसम्बन्धी छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन सर्वोच्चका न्यायधीश आनन्दमोहन भट्टराईलाई जिम्मा दिएको छ ।  त्यस्तै बैठकले सर्वोच्चका मुख्य रजिस्ट्रार राजन भट्टराईलाई पाटन उच्च अदालत सरुवा गरेको छ । परिषद्ले विराटनगरमा कायममुकायम मुख्य न्यायाधीश तोक्ने गरी हेटौंडा उच्च अदालतका न्‍यायाधीश शिवराज अधिकारीलाई खटाएको छ।

प्रधान न्यायाधीशको सपथ ग्रहणपछि कार्यभार सम्हाल्दै चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई प्राथामिकतामा राखी तीब्रता दिने बताएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved