काठ बरामद, तस्कर फरार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 03:24:48 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहट डिभिजन बन कार्यालयले सखुवाको काचो गोलिया बरामद गरेको छ । बन कार्यालयको गस्ति टोलीले पौराइ जंगलको छेउबाट सोमवार राति पुर्व पश्चिम राजमार्गको पौराइस्थित दोश्रो लच्का नजिकै बाट काठ बरामद गरेको हो ।

बन कार्यालयका साहयक बन अधिकृत महेन्द्र प्रसाद जयसवालको नेतृत्वको बनगस्ति टोलीले तस्करहरुले दुइ वटा सखुवाको रुख ढालेर गोलिया बनाइ जीपमा राखेर लैजादै गरेको अवस्थामा बरामद गरेको हो । गस्तिटोली देखेपछि तस्करहरु अर्को जीपमा भागेको र ७ गोलिया काठ लोड भएको जीप बरामद गरेको अघिकृत यादवले जानकारी दिए ।

रौतहटमा पछिल्ला दिनहरुमा जीप, टेक्टर, मोटरसाइकल, साइकलमा राखेर सालका गोलियाहरु तस्करी हुने गरेको पाइएपछि बन कार्यालयले बनगस्ति गर्दै आएको छ ।

काठ तस्करी बढीहुने बन क्षेत्रको नाकामा गस्ति बढाइएको रौतहटका डिएफओ बिनोद सिंहले जानकारी दिएका छन । जंगल प्रवेश गर्ने नाकाहरुमा ठुलाठुला खाडल (टे«न्च) खनेर काठ तस्करीका सवारी साधन आवतजावतमा अवरोध पुर्याइएको छ । मुख्य राजमार्ग तथा साहयक सडक बाट जंगल प्रवेश हुने दुइ जर्दन भन्दाबढी नाकाहरुमा खाडल खनिएको साहयक बन अधिकृत अरुण कर्णले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved