प्रचण्डको परिवार नै बिरामी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 03:55:18 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवार नै बिरामी भएको छ  ।  प्रचण्ड आफै, पत्नी सिता दाहाल, र बुहारी बिना मगर बिरामी परेका हुन्  । 

प्रचण्डलाई भाइरल ज्वरो आएको छ । चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ ।

प्रचण्डकी बुहारी तथा  खाने पानी तथा सरसफाइ मन्त्री बिना मगर पनि अश्वस्थ भएकी छिन् ।  बिरामी भएपछि उनलाई  धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो। अस्पतालका अनुसार उनलाई पनि भाइरल ज्वरो आएको छ । साथै उनको नाक र घाँटीमा इन्फेक्सन भएको छ । डा युवराज शर्माको टोलीले उनको उपचार गरिरहेको छ 

उता बिनाकी सासुआमा सिता दाहाल पनि सोहि अस्पतालमा नै उपचार गराईरहेकी थिइन् । उनलाई  गत आइतबार अस्पताल भर्ना गरिएको हो । डा शर्माका अनुसार सितालाई पनि भाईरल ज्वरो आएको हो ।  सीता उपचारपछि सोमबार राति घर फर्केकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved