संसदमा धकेला धकेल (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 04:17:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भई स्थगन भएको छ । बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महराले समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत सञ्चालन हुने निर्णय भएको जानकारी संसद्मा नआएसम्म बैठक चल्न नसक्ने बताएका थिए । 

सांसद सिंहले प्रा डा गोविन्द केसीसँग सरकारकाले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए यो । सांसद सिंहले आफ्ना विचार राखिसकेपछि सभामुख महराले बैठकको कारवाही अघि बढाउन लाग्दा काङ्गे्रस सांसदले रोष्ट्रम घेराउ गरेका थिए । सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख महराले १५ मिनेटको लागि बैठक स्थगित गरेका थिए । त्यसपछि सुरु भएको दोस्रो बैठकमा नाराबाजी जारि रहेपछि दोस्रो बैठक पनि १५ मिनेटको लागि स्थगित भएको छ । 

हेर्नुस भिडियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved