गोङ्गबुमा गोली चल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 07:50:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर आज एक व्यक्ति घाइते भएका छन् । होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर काठमाडाँैबाट टोली खटिएको थियो  । तर टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले चलाएको गोली लागेर काभ्रेका अविलास तामाङ घाइते भएको परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए ।

उनका अनुसार उनको साथबाट एक थान चिनीया पेस्तोल र छ राउण्ड गोली बरामद गरिएको छ । खुट्टामा गोली लागेका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनी गुण्डागर्दीमा र हतियार देखाएर लुटपाटमा सङ्लग्न रहेको खुल्न आएको परिसरका प्रमुख लामाले बताए । उनको विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved