विदेश घुम्न नपाएपछी मन्त्रीबिरुद्द सहसचिबको मिडियाबाजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 08:17:11 PM मा प्रकाशित

laxmi  sunrise bank

खानेपानी तथा सरसफाइ मन्त्रालयले सहसचिब राजनराज पाण्डेको मिडियाबाजीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। विदेश घुम्न नपाएपछि   प्रतिशोधको रुपमा मन्त्रीलाई आरोप लगाएको मन्त्रालयको भनाई छ। 

मन्त्रालयकाअनुसार प्रदेश ७ को भौतिक पूर्वाधार मन्त्रालयको सचिव पदमा सरुवा गरी पठाउदा त्यहाँ संघीयता विरोधी कुरा गरी अन्य कर्मचारीहरुलाई समेत प्रदेश कार्यालयमा नबस्न उक्साएपछि पाण्डेलाई मन्त्रालय फिर्ता बोलाइएको थियो। दरबन्दी नभएपछि मन्त्रालय अन्तर्गतका शाखा तोक्न छलफल गर्दा पाण्डेले अस्विकार गरेको मन्त्रालयको दाबी छ।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको आयोजनामा जापानमा हुन लागेको कार्यक्रममा जानको लागि पेश गरेको फाइल मन्त्रालयले सदर नगर्दा पाण्डेले प्रतिसोध लिएको मन्त्रीका निजि सचिब तथा उपसचिब गुणराज श्रेष्ठले बताए। सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति अनुरुप फाइल मन्त्रीले स्वीकृत नगरेपछि पाण्डेले मन्त्रीलाई औला ठड्याई कार्यलाय बाहिर निस्किएको र मिडियाबाजी गरेको श्रेष्ठकाले बताए। श्रेष्ठले  पाण्डेले जनमानसमा भ्रम फैलाउन मिडियाबाजी गरेको भन्दै उनको कुरा बिश्वास नगर्न आग्रह समेत गरे। 

पाण्डेले मन्त्री र सचिवले ६ महिनादेखि आफूलाई घुस नखाने हुनाले जिम्मेवारी बिहिन बनाएको आरोप लगाउदै मिडियाबाजी गरेका थिए। माघ ७ गते  फेसबुक मार्फत आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फारम सार्वजनिक गर्दै सहसचिव पाण्डेले यस्तो आरोप लगाएका हुन। निजामति कर्मचारीले भर्नु पर्ने अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फारममा पाण्डेले ‘माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि कामको जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको’ लेखेका छन।

मेलम्ची प्रकरणमा मन्त्रीसँग झगडा 

काठमाडौंमा यस वर्षकै दशैँ अघि काठमाडौंमा मेलम्चीको पानी ल्याउन सकिन्छ भन्ने मध्ये एक हुन पाण्डे। इटालियन ठेकदारसँग मन्त्रालयले ठेक्का तोडेर नयाँ ढङ्गबाट काम अगाडी बढाए दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सकिने मत पाण्डेले राखेका थिए ।

गत जेठ दोस्रो साता मेलम्चीबारे फेसबुक स्ट्याटस लेखे पछि आफूलाई मन्त्री बिना मगरले आधि घण्टामै भेट्न बोलाएको सहसचिव पाण्डेलेको भनाई छ। पाण्डेकाअनुसार मन्त्रीसंग आधा घण्टा छलफल गरेर आफ्नो भिजनबारे सबै कुरा बताईसकेपछि मेलम्ची गएर सबै कुरा सम्हाल्नुस भनी  उनलाई मन्त्रीले भने। 

तर उनीसँगै रहेका एक जना अर्का सहसचिवले 'राजन मेलम्ची गएर काम त गर्लान तर मन्त्री ज्यू उ बाट लेनदेनको काम हुँदैन' भनेपछि मन्त्रीले आफूलाई कुनै सम्पर्क नगरेको पाण्डेको दाबी छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved