देशभर बर्षा, पहाडी भेगमा हिमपात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 08:20:02 AM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमी वायुको प्रभावले मंगलबार रातिदेखि देशका अधिकांश भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान बिभागका अनुसार काठमाडौंमा बुधबार ६ः३० बजेसम्म ५.५ मिलिलिटर बर्षा भएको छ । रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने बिभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको हो ।  पूर्वी भागमा बुधबार बिहान पानी नपरे पनि दिउँसोदेखि पानी पर्ने सम्भावना रहेको  छ ।

चन्द्रागिरी लगायतका काठमाडौँ आसपासका डाँडा र उच्च पहाडी भेगमा हिमपात समत भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved