भक्तपुरमा बसको ठक्करबाट मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 02:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बसको ठक्करबाट भक्तपुरमा १ जना यात्रुको मृत्यु भएको छ  ।  काठमाडौँबाट भक्तपुरतर्फ जादै गरेको बा ४ख ९३९० नं को बसले सिर्जनानगरमा सोहि बसबाट झरेकी महिला यात्रुलाई ठक्कर दिएको हो।  बसको ठक्करबाट  ओखलढुङ्गा ज्यामिरे–२ घर भई हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको हो ।  

ठक्करबाट घाइते बानियाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । बस र बस चालक दोलखा भीमेश्वर नगरपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने २७ वर्षीय नवराज नेपाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको उनले  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved