'राजस्व र भन्सारका दर उद्यमी व्यवसायीलाई संरक्षण दिने हुनुपर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 11:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्यमी व्यवसायीहरुले भन्सारबाट संकलन हुने राजश्व र भन्सारका दर व्यवसायीहरुलाई संरक्षण दिने हुनुपर्ने बताएका छन। ६७ औं अन्तराष्ट्रिय भंसार दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले भन्सार कार्यालयहरू बढी सेवामुखि हुनुपर्नेमा जोड दिए। 

भंसार विभागका महानिर्देशक तोयम राया र विभागका निर्देशकहरू सहित वरिष्ठ अधिकारीहरू र उद्यमी व्यवसायीहरू सहभागी कार्यक्रममा व्यवसायीहरुले नचाहदा नचाहदै पनि न्यून बिजकीकरण वा अधिक बिजकीकरणको समस्या भोग्नु परेको गुनासो गरे। व्यवसायीहरुले कारोवार मूल्यलाई मान्यता दिइनु पर्ने, सन्दर्भ पुस्तिकालाई खारेज गर्नुपर्ने, बिलबिजक र भन्सार मूल्यांकनको बीचमा १० प्रतिशतसम्म फरक देखिएमा प्रस्तुत बिल बिजकलाई मान्यता दिइनुपर्ने र शंका लागेमा भन्सार कार्यालयले घोषित मूल्यमा ५ प्रतिशत थपगरी खरिद गर्ने व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाब दिए। 

त्यस्तै भारत सरकारले लागू गरेको जीएसटीलाई मध्यनजर गरी भारतबाट पैठारी हुने सामानमा जीएसटी बिललाई मान्यता दिइनुपर्ने, भारतको जीएसटीका दरहरूलाई बिचार गरी १८ प्रतिशत र सो भन्दा कम जीएसटी दरहरू लाग्ने सामानमा भन्सार महसुल घटाइनुपर्ने आवश्यकता रहेको व्यवसायीहरुले बताए।  

बस्तु वर्गिकरणमा देखापरिरहेको विभिन्न समस्याहरूको सन्दर्भमा व्यापार व्यवसायको ठुलो अंश भारतसंग हुने गरेकोतर्फ बिचार गरि एचएस कोडहरूलाई समायोजन गर्ने तथा भारतको एचएस कोडलाई सन्दर्भको रूपमा प्रयोग गर्न सकिने व्यवस्था हुनुपर्नेमा व्यवसायीहरुले जोड दिए ।  

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मुलुकभित्र व्यापार सहजीकरण र लगानीमैत्री वातावरण बन्नु पर्नेमा जोड दिंदै भारतीय प्रान्तिय सरकारहरूले व्यापार तथा लगानी सहजीकरणका लागि अपनाएका रणनीतिहरूका वारे बताए। 

प्रधानले भन्सार जाचपास पछिको परिक्षण(पीसीए)लाई सहज बनाउन कम्तिमा काठमाडौं बाहेक ७ वटै प्रदेशमा पीसीएको व्यवस्था मिलाइनु पर्ने, निश्चित समय भित्र पीसीए गरिसक्नु पर्ने र निर्यातको सम्बन्धमा पीसीए लागु गर्न नहुने सुझाव दिए। 

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको अन्तराष्ट्रिय लगानी आकर्षण गर्ने प्रयासको सराहना गर्दै आन्तरिक लगानी परिचालन हुने वातावरण बनाउने तर्फ पनि सधै चनाखो हुनुपर्ने सुझाव दिए। भन्सार परिसरमै प्रयोगशाला, क्वारेन्टाइन, बैंक लगायतका अन्य पूर्वाधारको विकास गर्दै लैजानुपर्ने बिचार व्यक्त गरे।


 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved