उत्तरी गोरखामा हिमपात, तल्लो क्षेत्रमा झरी (फोटो फिचर)

मोहसिन अलि मियाँ

मोहसिन अलि मियाँ

Jan 24, 2019 | 01:46:09 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार राती देखि मौसम परिर्वतन हुँदा उत्तरी गोरखामा हिमपात हुनुका साथै तल्लो क्षेत्रमा वर्षा भएको छ । एक्कासी मौसम फेबदल हुँदा उत्तरी गोरखाको सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, लगायतका ठाँउमा भारी हिमपात भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । 

‘छेकम्पार लार्के सामागाँउ लगायतका क्षेत्रमा ३ फिटसम्म हिउ जमेको भन्ने जानकारी आएको छ’ उनले भने ‘चिसोका कारण स्थानिबासीहरु घरबाट बाहिर निस्कन समेत सकेका छैनन । गएराती देखि परेको हिमपात अहिले पनि जारी छ ।’ 

उत्तरी गोरखाका करिव २ हजार ५ सय मिटर उचाइ भन्दा माथिका क्षेत्रमा हिमपात भएको हो ।  हिमपातका उत्तरी गोरखाको अधिकांस क्षेत्रका बासिन्दाहरुको जनजिवन प्रभावित भएको छ । अघिल्लो बर्षको तुलनामा यसबर्ष उत्तरी गोरखामा ढिलो गरी हिमपात भएको स्थानियबासीले बताएका छन् । ‘अत्याधिक हिमपात भएपछि स्थानियहरु घरभित्र आगो तापेर बस्न बाध्य छन्, बाहिर निस्कन सक्ने अबस्था छैन ।’  चुमनुव्री गाउँपालिका–६ चुम्चेतका सेराप गुरुङले भने । 

हिउँले मनासलु हिमाल आसपासका क्षेत्र पुरै ढाकेको स्थानियको भनाई छ । अत्याधिक हिमपातका कारण अस्थायी टहरामा बस्दै आएका भुकम्प पिडितहरुले भने सास्ती खेप्नु परेको छ । अघिल्लो बर्षहरुमा कात्तिक लाग्ने बित्तिकै हिउँ पर्ने गरेको भएपनि यसबर्ष ढिलो गरी हिउपरेको स्थानियले बताएका छन् । यसैगरी तल्लो तल्लो मनास्लु भने चिनिने धार्चे का विभिन्न ठाउँमा पनि हिमपात भएको छ । 

‘हिउँले गुम्पी पाखा पुरै ढाकेको छ अहिले पनि हिउँ पर्ने क्रम जारी छ’ धार्चे ४ लाप्राक वडा अध्यक्ष राज गुरुङले भने ‘केही दिन यस्ता हुने हो भने तल गाउँ सम्म पुग्छ ।’ धार्चे लेक, गुम्दा, लापु लगायत विभिन्न अग्ला डाडाँमा समेत हिउँ परेको छ । जसले गर्दा त्यहाँको जनजिवन प्रभावित भएको छ ।

माथिल्लो क्षेत्रमा हिउँ परेसँगै तल्लो भूभागमा पनि वर्षा भएको छ । जसले गर्दा चिसो बढ्नुका साथै जनजिवन प्रभावित भएको छ । चिसोले बालबालिका वृद्धवृद्धा र अशक्तहरु बढि समस्यामा परेका छन् । यसै बिच मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म देशैभर मौसम बदली भई पानी पर्ने तथा हिमपात हुने जनाएको छ ।

तस्विर ः राज गुरुङ्ग – वडाध्यक्ष, धार्चे ४ लाप्राक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved