मण्डन देउपुर नगरपालिकाको नाम परिवार्तन, करको दायरा पनि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 08:35:51 AM मा प्रकाशित

laxmi  sunrise bank

करीब दुई वर्षपछि मण्डन देउपुर नगरपालिकाले आफ्नो नाम परिवर्तन गरी ‘नगरकोट मण्डन देउपुर नगरपालिका’ राखेको छ । मंगलबार कुन्ताबेंसीमा सम्पन्न हिउँदे नगरसभाले नपाको नाम परिवर्तन प्रस्ताव पास गरेको बनेपामा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 
पर्यटकीयस्थल नगरकोटको नाम विश्वमै परिचित भएको तथा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले नपाको साविक नाममा नगरकोट थपिएको नगरप्रमुख टोकबहादुर तामाङले बताए । 

नगरप्रमुख तामाङले भने, “नगरकोटका ७५ प्रतिशत होटल हाम्रो क्षेत्राधिकारभित्र पर्दछ, यसकारण पनि नामकरण गर्ने माग भएअनुसार नगरकोट थप्यौँ ।” उनका अनुसार नगरपालिका घोषणापछि तत्कालीन दलीय संयन्त्रले लामो समयको विवादकाबीच नपाको नाम मण्डन देउपुर नगरपालिका राखिएको थियो । “नपाको नयाँ नाम पारित भयो, अनुमति माग्न प्रदेश र केन्द्रीय सरकारसँग अनुमति मागिसकेका छौँ”, नगरप्रमुख तामाङले भने ।  काभ्रेपलाञ्चोकमा छ वटा नपा र सात वटा गाउँपालिका छन् । 


यस नपासँग नगरकोटमा भक्तपुरको चाँगुनारायण नपा जोडिएको छ । व्यावहारिकरुपमा नगरकोट ‘पानीढलो’ सीमाङ्कन भन्दै आइएको छ । नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाले प्रदेश नं ३ सरकारसँग नगरकोट तथा सिन्धुपाल्चोकसँग जोडिएको इन्द्रवती नदीको सीमाङ्कन गरिदिन आग्रह गरेको छ । 

नगरसभाले करको दायरा पनि बढाएको सम्मेलनमा जानकारी दिइयो । नपाको सभाले करको दायरामा क्रसर उद्योग दर्ता तथा नवीकरणमा रु ११ लाख, इँटा उद्योग दर्ता तथा नवीकरणमा रु आठ लाख, ढुङ्गा खानी दर्ता तथा नवीकरणमा रु सात लाख, बालुवा खानी दर्ता तथा नवीकरणमा रु पाँच लाख शुल्क लाग्ने पारित गरेको छ । नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाभित्र दर्ता एवं सञ्चालित होटलको कर सङ्कलन गर्न विभिन्न वर्गमा राखेर वर्गीकरण गर्न कार्यदल पनि गठन गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved