राजा फाल्ने सांसदलाई प्रश्न सोध्ने डा. केसी को हुन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 11:03:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपाका नेता एवम संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई विश्वभरका संसदको इतिहास पढ्न आग्रह गरेका छन् । भट्टराईले केसीले संसदको तागत र गरिमा बुझ्न नसकेको आरोप लगाउदै यस्तो बताएका हुन।

महाराजगन्ज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित ‘चिकित्सा शिक्षा विधेयक’ विषयक अन्तर्क्रिया कार्यक्रममा भट्टराईले केसीलाई विश्वभरका संसदको इतिहास र तागतबारे अध्ययन गर्न आग्रह गरे । उनले भने, ‘डाक्टरसाब, तपाईले मेडिकल साइन्स मात्र पढ्नुभएछ। एकपटक विश्वभरका संसदका तागतको इतिहास पढ्नुस् ।’

भट्टराईले डा. केसीले जनताबाट निर्वाचित सार्वभौम संसदका सदस्यहरुलाई तथानाम गाली गरेको आरोप लगाउदै जनताबाट निर्वाचित सांसदलाई तिमी को हौ ? भन्ने केसी को हुन् ? भनेर प्रश्न गरेका छन। 

संसदले राजालाई नारायणहिटी छाड्ने आदेश दिएको स्मरण गराउँदै भट्टराईले केसीलाई पटकपटक संसदको मानहानी गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे। नेता भट्टराईले शुक्रबार हरहालतमा संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने ठोकुवा समेत गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved