मुठभेडतर्फ संसद बैठक, बिपक्षी सांसदभन्दा दोब्बर बढी मर्यादापालक तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 09:21:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा मुठभेडको स्थिति आउने सम्भावना बढेको छ । बैठकमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने एक मात्र कार्यसूची रहेको छ । सोमबार र मंगलबारका ५ बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि शुक्रबार दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको होे । 

आजको बैठकमा सत्तापक्षले जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनीति लिएको छ  । नेकपा नेता योगेश भट्टराईले कांग्रेसले बैठक अवरोध गरी मन्त्रीलाई रोस्ट्रममा जान नदिए मन्त्री बसेकै स्थानबाट विधयेक प्रस्तुत गरिने बताएका छन्  । सरकारका प्रबक्ता तथा सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले पनि बिधेयक फिर्ता नहुने र संसदीय प्रक्रियाबाट पास हुने स्पष्ट पारेका छन्  । 

तर  कांग्रेस जुनकुनै हालतमा विधयेक रोक्ने योजनामा छ । आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघीय सरकार मातहत गठन आदेश नदिएसम्म संसद अवरुद्ध गर्ने कांग्रेसको रणनीति छ ।  सभामुख कृष्णबहादुर महराको भूमिका पार्टी नेताकोजस्तो भएकाले माफी नमागेसम्म संसद चल्न नदिने अर्को अडान पनि कांग्रेसले थपेको छ ।  कांग्रेस युवा नेता गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए संसद् बैठकमा मुठभेड हुन सक्ने बताएका छन् । अस्तिको अवस्था दोहोरिन नदिन सभामुखले बैठक सुरु हुनुअघि बिपक्षीलाई आश्वस्त पार्नु पर्ने बताएका छन । 

मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मर्यादापालकसमेत थपेको छ । हाल एक सय ३१ मर्यादापालक रहेकामा ३० जना थप्ने भएको हो । आवश्यक परे रोस्ट्रमअघि मर्यादापालकको डबल रो राख्ने तयारी छ ।  कांग्रेस सांसद ६३ जना रहेकोमा त्यसको दोब्बर भन्दा बढी मर्यादापालक खटिन लागेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved