संसदको अवरोध खुलाउन छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 01:11:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको बैठकमा जारी अवरोध अन्त्यका लागि सभामुख कृष्णबहादुर महराले पहल सुरु गरेका छन् । संसद भवन वानेश्वरमा अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपनेता विजय कुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्बाहाम्फेबीच छलफल भईरहेको छ । महराले संसदमा जारी अवरोध फुकाउने विषयमा सत्तापक्ष र प्रतिपक्षलाई एकै ठाउँमा राखेर छलफल चलाएका हुन ।

संसदको बैंठक आज पनि बस्ने छ । बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने सरकारको तयारी छ । तर नेपाली काङ्ग्रेसले डाक्टर गोविन्द केसीका माग सम्बोधन हुने गरी विधेयक पेश गर्न माग गर्दै बैठक अवरोध गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved